विराटनगर। मोरङमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार विराटनगर महानगरपालिका-३ पिपल चौकस्थित कोशी राजमार्गमा दुर्घटना भएको हो ।
बुधबार राती साढे ९ बजे पिपल चौकबाट पूर्वतर्फ मोड्दै गरेको को १ च ५१९१ नम्बरको कार र भित्री सडक खण्डबाट कोशी राजमार्गतर्फ निस्किदै गरेको मधेस प्रदेश-०१-००४ प २७८४ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।
दुर्घटनाबाट गम्भिर घाईते भएका बुढीगंगा गाउँपालिका-५ का ४० बर्षीय फेकुलाल सरदारको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको थियो ।
कार र कार चालक पथरीशनिश्चरे-१० का ४६ बर्षीय जिवन कटुवाललाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।