April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मोरङमा कारको ठक्करबाट पैदल यात्रीको मृत्यु

11.3K

विराटनगर । मोरङमा कारको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत आसामका ५५ बर्षीय हुपेनर कठेत रहेका छन् ।

प्रहरीका अनुसार गएराति ११ बजे सुन्दरहरैचा नगरपालिका-७ स्थित पुर्व पश्चिम लोकमार्गमा को.१ च ५८७३ नम्बरको कारले पैदल यात्री कठेतलाई ठक्कर दिंदा घाईते भएका कठेतको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।

दुर्घटनामा संलग्न कार र चालक दमक नगरपालिका-१३ झापाका ३० बर्षीय सुजन थापालाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धन गरिरहेको छ ।

Advertisement