खाेटाङ । काेशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले हलेसी तुवाचुङ नगरपालिका ७ स्थित हलेसी महादेव मन्दिर परिसरमा नवनिर्मित दुई वटा हवन कुण्डकाे साेमबार उद्घाटन गरेका छन् ।
गत आर्थिक वर्षमा काेशी प्रदेश सरकारकाे पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतकाे पर्यटन विकास आयाेजनाकाे एक कराेड ४२ लाखकाे लागतमा हवन कुण्ड निर्माण भएकाे हलेसी तुवाचुङ नगर प्रमुख बिमला राईले बताइन् ।
फलामकाे पिल्लर र बिममाथि पटाहा र त्यसमाथि तामाकाे छाना राखेर हलेशी मन्दिरकाे दक्षिणतर्फ फराकिलाे र आकर्षक हवन कुण्ड निर्माण गरिएकाे हाे ।
स्थानीय ६० वर्षीया प्रमिला खत्रीले एकैपटक दुई वटा हवन कुण्डकाे निर्माणले रूद्री लगाउन, लाखबत्ती बाल्न, पूजा, हवनलगायतका कार्य गर्न सुबिधा थपिएकाे बताइन् । ´यसअघि हलेसी महादेव भएकाे गुफाभित्रै रूद्री लगाउने, लाखबत्ती बाल्ने लगायतकाे पूजापाठ गर्नुपर्ने बाध्यता थियाे,उनले भनिन्, ´पछिल्लाे समय हलेसी महादेवकाे दर्शन गर्न आउने भक्तजनकाे संख्या दिन प्रतिदिन बढ्दै गएकाले गुफाभित्र खुट्टा टेक्ने समेत ठाउँ नहुँदा रूद्री लगाउने, लाखबत्ती बाल्ने लगायतकाे पूजापाठ गर्ने अवस्था नभएकाे अवस्थामा हवन कुण्डले ठूलाे सुविधा थपियाे ।
पूर्वमुख्यमन्त्री कार्कीले हिन्दु, बाैद्ध र किरात तीनवटै समुदायकाे आस्थाकाे केन्द्र हलेशी महादेव भएकाले यसकाे व्यवस्थित विकास आवश्यक भएकाले प्रदेश सरकारले हवन कुण्ड निर्माण गरेर काम अघि बढाएकाे बताएका हुन् । ´त्रीधार्मिक स्थलकाे रूपमा रहेकाे हलेसी महादेवकाे दर्शन गर्न संसारभरिबाट मानिस आउन थालेकाले त्यही हिसाबले संरचनागत विकास पनि आवश्यक भएकाे हाे,उनले भने, ´हलेसी महादेव यस प्रदेशकाे प्रमुख पर्यटकीय स्थल भएकाेले यसकाे व्यवस्थित विकासमा तीन वटै तहका सरकारकाे समन्व्य अपरिहार्य छ ।
हलेसी तुवाचुङ नगर प्रमुख राईले हलेसी पुग्ने सडक संरचनाका साथै पर्यटक आकर्षित गर्ने र सुबिधा हुने संरचनामा निर्माणका लागि माथिल्ला सरकारकाे गम्भीर ध्यानाकर्षण गराइन् ।
हलेसी महादेवकाे दर्शनका लागि गत आर्थिक वर्षमा एक लाख ८० हजार भक्तजन आएकाे मन्दिर व्यवस्थापन समितिले जनाए । नगर प्रमुख राईले चालू आर्थिक वर्षमा पाँच लाख पर्यटक भित्र्याउनले लक्ष्य रहेकाेले त्यही अनुसारकाे संरचना विकासमा सघाउन प्रदेश र संघ सरकारसँग माग गरिन् ।