April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

इलाममा महिला प्रहरी आवास गृहको उद्घाटन

1K

इलाम । कोशी प्रदेश सरकारको विनियोजित बजेट तथा कोशी प्रदेश प्रहरी कार्यालय भौतिक पुर्वाधार शाखाको समन्वयमा इलाका प्रहरी कार्यालय पशुपतिनगर इलामको हाता भित्र निर्माण सम्पन्न महिला प्रहरी आवास गृहको समुद्घाटन भएको छ ।

यही श्रावण १८ गते जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालको अध्यक्षता तथा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा एक समारोहवीच प्रहरी नायव महानिरीक्षकले महिला प्रहरी आवास गृहको उद्घाटन गरेका थिए ।

Advertisement