November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

बेलायतको साउथपोर्टमा छुरा आक्रमण हुँदा दुई बालबालिकाको मृत्यु, ९ घाइते

1.2K

लन्डन । उत्तरी इङ्गल्यान्डमा टेलर स्विफ्ट-थिम गरिएको नृत्य कक्षालाई लक्षित गरी भएको छुरी आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको छ । भएको सोमबार आक्रमणमा अन्य नौँ जना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

मर्सीसाइड प्रहरीको चिफ कन्स्टेबल सेरेना केनेडीका अनुसार घाइतेमध्ये ६ जना बालबालिका र दुईजना वयस्कको अवस्था गम्भीर रहेको बताए ।

आक्रमणकारी छुरी लिएर परिसरभित्र पसेको र बच्चाहरूलाई आक्रमण गर्न थालेको प्रहरीले जनाएको छ । “आक्रमणमा घाइते भएका वयस्कहरूले बहादुरीपूर्वक बच्चाहरूलाई जोगाउन खोजिरहेका थिए भन्ने हाम्रो विश्वास छ ”, केनेडीले सोमबार साँझ पत्रकार सम्मेलनमा भने ।

Advertisement

घटनास्थलबाट १७ वर्षीय बालकलाई पक्राउ गरिएको छ । अनुसन्धान प्रारम्भिक चरणमा रहेको र घटनाको कारण अस्पष्ट रहेको केनेडीले बताए ।

यो घटना आतङ्कवादसँग सम्बन्धित नभएको प्रहरीले यसअघि बताएको थियो ।

घटनाबारे प्रहरीलाई खबर गर्ने स्थानीय व्यवसाय मालिक कोलिन पेरीले उक्त आक्रमण “हरर फिल्मको दृश्य” जस्तै भएको बताएका छन्।

साउथपोर्टबाट करिब २० माइल टाढा रहेको लिभरपुलको ’एल्डर हे चिल्ड्रेन’ अस्पताल ट्रस्टले यो घटनालाई “ठूलो घटना” घोषणा गरेको सिएनएनले जनाएको छ ।