काठमाडौं । सोनाम बज्यूको तामाङ सेलो ‘हाम्रो त म्हेमेले’ दर्शकमाझ आएको छ । सोनमकै संगीत तथा संगीतसंयोजन रहेको यस गीतलाई चन्द्र बज्यूले लेखेका हुन् ।
म्हेमे अर्थात हजुरबुबाको अस्तुलाई म्हेमे जन्मिएको ठाउँसम्म पु¥याउदासम्मको यात्रालाई समेटेर यस गीतको भिडियो निर्माण गरिएको छ । भिमफेदी गाइजले निर्माण गरेको यस भिडियोमा रसुवाको जिल्लाको तामाङ गाउँ गत्लाङ, सोमदाङ हुँदै ३८४२ मिटर अग्लो पाङसाङ भन्ज्याङ र रूबीभ्याली सेरोफेरोको रोमान्चक यात्रा र मोहक दृष्यहरू समिटिएको छ ।
भिडियोमा भिमफेदी गाइजका निर्मल कुमार लामा, मन्जित वाइवा, अञ्जना मोक्तान र उनीहरुको साथमा वाङ्गेल तामाङ, सुमित तामाङ, कुमार नगरकोटी, योबिना माया तामाङ, संगीता तामाङ, पुर्न्य रानी घले, श्री घले, शेल घले लगायतको अभिनय रहेको छ ।
भिडियोलाई निर्मल कुमार लामाले निर्देशन गरेका हुन् भने सिनेमाटोग्राफी तथा सम्पादन सुमित तामाङले गरेका हुन् । यसमा शृङ्गार अर्चना परियारको रहेको छ ।
गायक सोनाम बज्यु र चन्द्र बज्यू (दाजुभाइ) को सहर्कामा यसअघि ‘ दिङ्गिला ल्होछार’ गीतको भिडियो सार्वजनिक भएको थियो । सोनामका ‘तिमी सामु’, ‘कुहिरो पन्छाउँदै’, ‘नलाउ पाउजु’, ‘ठोक्न मादल’, ‘लुकी लुकी’, ‘छे सिङ’, ‘उनको मायाले’ लगायत सयौं गीतहरू दर्शक तथा स्रोता माझ आएका छन् ।