यादहरुको हवनमा केही थोपा आशु चढाएर
स्वार्थी शहर छोडी जान मन छ
जहाँ,
चिन्नेले नचिने झैँ गरून्
म देखेर पनि नदेखे झैँ गर्न सकुँ ।
बाटो एउटै हुनेसँग गन्तव्य नमिल्नु स्वभाविक हो,
त्यसैले त
न पाउने न गुमाउने आशाको भंगालोमा हेलिरहेँ
अब छाडिदिउँ क्यारे खाल्डाखुल्डी बाटोमा
नमिल्दो गन्तव्य पछ्याउन
सम्बन्धका घुमौरा बाटामा
छुट्दै गर्दा दुखे पनि नदुखे झैँ गरुँला
कुनै मोडमा ठ्याक्कै जम्का भेट भईहाले
देखेर पनि
आँखा अन्तै सारौंला ।
यो स्वार्थी शहरमा लुटिएका हजार सपनाहरू
यतै छोडेर
केबल म ‘एक’ लिएर छोडी जान मन छ
जहाँ, बुझ्नेले र बुझ्न खोज्नेहरुले
बुझ्दै नबुझुन् ।