विराटनगर । गत बुधबार साँझ विराटनगर–१५ भट्टीमोडमा प्रहरीको ‘टु टन’ गाडी दुर्घटना हुँदा घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ । घाइते जवान सौगात थापा क्षेत्रीको उपचारको क्रममा निधन भएको हो ।
मोरङ जिल्ला प्रहरीबाट इलाका प्रहरी कार्यालय रानीमा थप मद्दत माग भएपछि प्रहरी निरीक्षकको नेतृत्वमा गएको प्रहरी टोली चढेको गाडी दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा ३० जना घाइते भएका थिए । जसमध्ये ५ जना गम्भीर घाइते भएका थिए । विराटनगरका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरूमध्ये जवान थापाको बिहीबार न्यूरो अस्पतालमा निधन भएको विराटनगर प्रहरीले पुष्टि गरेको छ ।
फुटबल खेलाडीसमेत रहेका सुनसरी जिल्ला उपमहानगरपालिका
वडा नम्बर १७ का २५ वर्षीय जवान थापा कोशी प्रदेश तालिम केन्द्र विराटनगरमा कार्यरत थिए ।
मुस्लिम समुदायको ‘मोहरम’ पर्वको सुरक्षाको लागि मोरङ प्रहरीले थप मद्दत माग भएपछि प्रदेश प्रहरी तालिम केन्द्रबाट टोली परिचालन भएको थियो । ‘मद्दतमा गएको प्रहरी टोली चढेको टु टन गाडि रानी क्षेत्रतर्फ जाँदै थियो । भट्टीमोर्डको टर्निङमा स्कुलबाट आएका विद्यार्थीहरूलाई जोगाउन खोज्दा उक्त गाडी दुर्घटनामा परेको थियो ।
गाडीमा ५४ जना प्रहरी सवार थिए । दुर्घटनामा घाइते हुने अधिकांश प्रहरी जवानहरू रहेका थिए।