हङकङ । चलचित्र ‘युक्पुङ’को हङकङमा विशेष प्रदर्शन हुने भएको छ । चलचित्र आइतबार जोर्डनस्थित याउमातेई कम्युनिटी हलमा प्रदर्शन गरिने भएको हो ।
नोगेन अग्र्यानिक इन्टरटेन्टको आयोजना तथा कबेरमणि थक्लुङको संयोजत्वमा यो फिल्म हङकङमा प्रदर्शन गर्न लागिएको हो ।
प्रचार प्रसार प्रमुख कलाकार मौसम इम्बुङ(फुलेन्देको बाउ’का अनुसार हङकङमा ‘युक्पुङ’ प्रदर्शनका लागि थलङ परिवार हङकङका भीम थलङ, वनेम कल्याण संस्था हङकङका प्रदिप वनेम, वनेम माङ्गेना सजुमकी आशा वनेम सह आयोजक रहेका छन् ।
दिनेश माङमु निर्देशिच यो फिल्म यसअघि काठमाडौं र धरानलगायतका शहरमा विशेष प्रदर्शनी भइसकेको छ ।हङकङ प्रदर्शनका लागि अभिनेता कुसल थलङ यतिबेला हङकङ पुगेका छन् ।
चलचित्रमा कुसल थलङको साथमा यासेली योङहाङ, कविता आले, सेसेमा सेन्दाङ ‘कमला’, मदन वनेम, डीबी लिम्बू, तेज आङदेम्बे, बिनु तुम्बाहाङफे, पुष्पा वनेम, प्रेम ओझा, कुमार ढकाल, सागर केरुङ, नुनाम केरुङ, मिराक वनेम, सुलभ नेम्बाङ, हिमाल लिम्बू, देउमान पालुङवा, टीआर सेनेहाङ, रबि किरण मादेनका कलाकारको अभिनय रहेको छ ।
बिष्णु मोक्तान र मदन वनेमको पटकथा रहेको यस फिल्ममा नरकुमारी वनेम सेन्दाङ, स्वः भिमा पाङमा (सियेम), इन्दु लावती र ममता यक्सोको निर्माण रहेको छ भने रविन्द्र बरालको छायाँकन, राजु घिमिरेको मुख्य सहायक निर्देशन र तारा शर्माको शृङ्गार रहेको छ ।