November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

अमरदीप सुनुवारको तीज गीत ‘गाँउदेखि सहर’ सार्वजनिक

1.4K

कवि तथा गीतकार अमरदीप सुनुवारको शब्दमा नयाँ तीज गीत ‘गाँउदेखि सहर’ सार्वजनिक भएको छ । गीतमा अशोक मुकारुङको संगीत र मनमाबी राईको स्वर रहेको छ ।

राजु कार्कीको एरेञ्ज रहेको गीतको रेकर्डिङ, सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङले रेकर्ड तथा मिक्सिंङ गरेका हुन्। गीतको भिडियो ओएसआर अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

भिडियोमा चर्चित नायिका प्रियंका कार्कीको मुख्य अभिनय रहेको छ भने सौरव लामाको छायांकन, प्रिया रोकायको सृङ्गार, कविराज गहतराजको निर्त्य निर्देशन र मनोज कार्कीको सम्पादन रहेको छ ।

Advertisement

कवि तथा गीतकार अमरदीप सुनुवार नेपाल सरकारको उपसचिव पदमा रहेर कुसल प्रसाशकको भूमिका बहन गरिरहेका छन् । उनी ललितपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवार सम्हालेर केही दिनअगाडि मात्र त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल सरुवा भएका छन्।

आफ्नो कार्यव्यस्तता सँगै गीत, कविता, फुटकर लेखहरू लेख्दै आएका कवि तथा गीतकार सुनुवार हाल ‘पृथ्वीको स्वेतपत्र’ कवितासंग्रह प्रकाशनको अन्तिम चरणको तयारिमा जुटिरहेका छन् ।