November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

हाङ चेम्जोङ अभिनित चलचित्र ‘थत्थामा’ प्रदर्शनको तयारीमा

1.9K

काठमाडौं । हाङ चेम्जोङ अभिनित चलचित्र ‘थत्थामा’ प्रदर्शनमा आउने भएको छ । करिब ३ सय म्युजिक भिडियो तथा पा:लामको निर्देशन गरिसकेका चेम्जोङको यो डेब्यु चलचित्र हो ।

सयौं म्युजिक भिडियो निर्देशन पश्चात् अभिनयमा पाइला टेकेका चेम्जोङ अभिनय गर्नु गाह्रो रहेको बताउछन् । ‘शुटिङ सुरु हुनुअघि दुई महिना अभिनय कक्षा लिएको हुँ, फेरि पनि मलाई अभिनय गर्न गाह्रो भयो। अभिनय गर्नु गाह्रो कुरा रहेछ।’, उनले नेपाल मामिलासँग आफ्नो अभिनय सुनाए ।

आर.के. सिनेमा प्रा.लि.को ब्यानरमा निर्माण गरिएको बहुप्रतिक्षित चलचित्र ‘थत्थामा’ देश तथा विदेशमा चाडैंनै प्रदर्शनमा आउन लागेको बताइएको छ ।

Advertisement

भारतका पद्द्मश्री सम्मानित स्वर्गीय पदमसिङ पिएस मुरिङ्लाले ४० बर्ष अगाडि लेखेका लिम्बूहरुको जेठो उपन्यास ‘थत्थामा’लाई पर्दार्पण गरिएको हो ।

पुरानो कथा भएको हुँदा पुरानै ढाँचामा आफूलाई ढल्काएर अभिनय गर्न निक्कै गाह्रो भएको अभिनेता चेम्जोङको अनुभव छ ।

यस चलचित्रलाई पान्थरको फालेलुङ, काठमाडौं लगायत विभिन्न ठाउँहरुमा छायांकन गरिएको छ । चलचित्रमा हाङ चेम्जोङसँगै बिमला खजुम, सागर केरुङ, फुङ्नीमा योङ्हाङ, राम यक्सो, पूर्ण सेलिङ, नुनाम केरुङ, कर्ण सम्बाहाङ्फे, इन्दु तुम्सा सम्बाहाङ्फे, अल्का हुक्पा चोङ्बाङ, सीता हुक्पा चोङ्बाङ, नुमासा जबेगु, पदम दुखी सम्बाहाङ्फे, नरेन्द्र केरुङ र सुरेन्द्र केरुङ लगायतको अभिनय रहेको छ।

थत्थामामा छायांकन सुजन दाहाल, साहयक छायांकन सम्भव सुवेदी, स्क्रीप्ट सुपरभाइजर तथा मुख्य सहायक निर्देशन दिपेस यक्सो, साहायक निर्देशन सुरेन्द्र सिङको रहेको छ ।

सीता हुक्पा चोङ्बाङ निर्माता, भुषण दाहाल कार्यकारी निर्माता रहेको चलचित्रमा अमृता जबेगुको श्रृङगार, शब्द/संगीत राज लिम्बू, स्वर मेलिना राई, राज लिम्बू, नृत्य निर्देशन रिमा थापा, भेषभुसा अल्का हुक्पा चोङ्बाङ, कला निर्देशन बिबेक बेघाको रहेको छ ।

चाडै नै प्रदर्शन मिति तोकिने बताइएको यस चलचित्रको पोस्टर सार्वजनिक गरिएको छ ।