काठमाडौं। नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मत लगायत पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल हुने जनाइएको छ ।
माओवादी केन्द्रले आफ्ना सांसदहरुलाई समग्र राजनीतिक परिस्थितिको जानकारी गराउन पनि आजको बैठक डाकेको हो ।
नेकपा एमालेले माओवादीसँग गठबन्धन तोडेर सत्ताबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परेका छन्। उनले शुक्रबार विश्वासको मत लिँदैछन्।