November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

लिम्बु चलचित्र ‘सुगुप’ अब नेपाली भाषामा पनि हेर्न पाइने

1.3K

काठमाडौं । लिम्बु चलचित्र ‘सुगुप’ अब नेपाली भाषामा पनि हेर्न मिल्ने भएको छ । यसअघि लिम्बु भाषामा विभिन्न शहरमा विशेष प्रदर्शन गरिएको यस चलचित्रको नेपाली भाषामा टेलर सार्वजनिक गरिएको हो।

ट्रेलर फक्ताङ्लुङ इन्टरटेन्डमेन्ट प्रालिको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

सिसेक्पा तङ्नामको अवसरमा किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा नेपाली भाषामा पहिलो चरणमा विश्वको कोरिया, बेलायत, जापान, दुबाई, मलेसिया, इजरायल लगायतका देशमा ‘सुगुप’ चलचित्र प्रदर्शन गरिने तयारी भइरहेको चलचित्रका प्रस्तुतकर्ता एवं मुख्य निर्माता रविनकुमार नाल्बो लिम्बुले जानकारी दिए ।

Advertisement

लोकेन सावाँ लिम्बुको निर्देशन रहेको ‘सुगुप’मा एक बियोगान्त कथा बोकेको छ । वैवाहिक संस्कार, रीतिथिति, गरिबीभित्रको पीडालाई सामाजिक समस्याको रुपमा चलचित्रमा देखाईएको छ ।

चलचित्र सुगुपमा प्रेम सुब्बा, यासेली योङहाङ, मौसम इम्बुङ लिम्बु, बबिता नेयोङहाङ, सुम्निमा खापुङ, डम्बर कुमारी, पयाङगो मेन्याङबो, योमन सोदेम्बा, सागर केरुङ, रुकमान लिम्बु, निता लिम्बु, रविन इन्द्र शेर्पालगायत कलाकारहरूको अभिनय छ ।

चलचित्रमा शैलेन्द्रकुमार नाल्बो, दिलमाया लाबुङ नाल्बो, एल.पी. साँवा लिम्बु, मनिषा सुब्बा नाल्बो, श्रीप्रसाद माबोको पनि लगानी रहेको छ ।