April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

प्रथम बराहक्षेत्र अन्तर मावि फुटबल प्रतियोगिता सम्पन्न

1.1K

धरान । ‘प्रथम बराहक्षेत्र अन्तर मावि स्तरीय फुटबल प्रतियोगिता- २०८१’ को उपाधि महेन्द्र माध्यमिक विद्यालय बराहक्षेत्र-७ तित्रीगाछीले जितेको छ ।

जनता माध्यमिक विद्यालय, बराहक्षेत्र-३ नडाहाले आयोजना गरेको सो खेलको फाइनल खेलमा मर्णिङ स्टार स्कुल बराहक्षेत्रलाई सड एन्ड डेथमा ३-२ ले पराजित गर्दै महेन्द्र माविले उपाधि जितेको हो।

दुवै टिमले निर्धारित समयमा १-१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो । पेनाल्टी सुट आउटमा पनि बराबर भएपछि सडन डेथमा महेन्द्र माविले बाजि मारेको हो ।

Advertisement

जीतसँगै महेन्द्रले नगद रु. २१ हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र हात पारे भने उपविजेता बनेको मर्णिङ स्टारले रु . ११ हजार प्राप्त गर्‍यो ।

यस्तै विधागत रुपमा प्लेयर अफ द म्याच मर्निङ स्टार स्कुलका सोहन बस्नेत, बेष्ट गोल किपर महेन्द्र माध्यमिक विद्यालय तित्रिगाछीका निश्चल कोइराला, राइजिड्ग प्लेयर जनता माध्यमिक बिद्यालय नडाहाका प्रदिप लिम्बु, सर्वाधिक गोलकर्ता महेन्द्र माध्यमिक बिद्यालय तित्रिगाछीका अनुप घिमिरे बने । उनीहरुले जनही ११ सय र ट्रफी प्राप्त गरे ।

प्रतियोगिताको सर्बश्रेष्ठ खेलाडी भने महेन्द्र माध्यमिक बिद्यालय तित्रिगाछीका टंक बस्नेत बने । उनले नगद रु. १५ सयका साथमा ट्रफि हात पारे ।

उनीहरुलाई पुरस्कार, प्रमाणपत्र तथा ट्रफी कार्यक्रमका अतिथि , विशिष्ठ अतिथि तथा प्रमुख अतिथिले प्रदान गरेका थिए ।

गत असार ७ गतेबाट सन्चालन भएको प्रत्योगितामा १० वटा विद्यालयले सहभागीता जनाएका थिए। सो खेल एभरेस्ट फुटबल क्लबको निर्माणाधिन खेल मैदानमा सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र नगरपालिकाका बराहक्षेत्र नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उप-सचिब देवेन्द्र बहादुर मल्ल रहेका थिए । यस्तै कार्यक्रमलाई अनिता कार्कीले सन्चालन गरेकी थिइन् भने कार्यक्रमका सभाध्यक्ष जनता मा.वि., बराहक्षेत्र -३ नडाहाका शिक्षक नदी राई रहेका थिए ।