April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

पाँचथर प्रदेश स्तरीय फुटबलको सेमिफाइनल प्रवेश

1K

काठमाण्डौं । तेह्रथुमको म्याङलुङमा जारीे कोशी प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगितामा पाँचथर सेमिफाइनल प्रवेश गरेको छ ।

मंगलबार भएको क्वाटरफाइनल खेलमा पाँचथरले उदयपुरलाई ३- ० गोल अन्तरले पराजित गरेको छ ।

पाँचथरको जितमा मनिष क्षेत्री,नवराज गुरुङ र अनुकेश शेर्माले गोल गरे । उक्त खेलको म्यान अफ द म्याच पाँचथरका अनुकेश शेर्मा भए ।

Advertisement

पाँचथरले भोली हुने मोरङ र सङखुवा सभा बिचको बिजेतासँग सेमिफाइनमा प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद ३ लाख ३३ हजार ३ सय ३३ रुपैया प्राप्त गर्नेछ भने उपविजेताले २ लाख २२ हजार २ सय २२ रुपैया प्राप्त गर्नेछ । फाइनल खेल असार ८ गते हुनेछ ।