धरान । प्रथम बराह एसइइ कप पहिलो संस्करणको उपाधि नेपाल पुलिस स्कुल, धरानले प्राप्त गरेको छ । स्काई फुटबल एकेडेमी, बराहक्षेत्र–३ नडाहाद्वारा आयोजित उक्त प्रतियोगितामा धरानको सिद्धार्थ मेमोरियल इङ्लिस स्कुल, बराहक्षेत्रलाई हराउदै यस स्कुलले उपाधि चुमेको हो ।
प्रतियोगिताको अत्यन्तै रोमान्चक र प्रतिष्पर्धात्मक फाइनल खेलमा सिद्धार्थ मेमोरियल इ. स्कुल, बराहक्षेत्र –५ लाई पेनाल्टी सुट आउटमा ४–१ ले पराजित गरेको हो ।
प्रतिष्पर्धात्मक र रोमान्चक खेलमा निर्धारित समयमा कतैबाट पनि गोल नभएपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो । पेनाल्टीमा पुलिस स्कुलले ४ वटा आक्रमणले गोलको दिसा लिइँदा सिद्धार्थका तर्फबाट एउटा आक्रमणले गोलको जाली चुम्यो । र प्रथम बराह एस.इ.इ.कपको च्याम्पियन बन्यो, सिद्धार्थले उपविजेतामा चित्त बुझाउन पर्यो ।
पहिलो हापमा पुलिसले खेललाई आफ्नो नियन्त्रणमा राखे पनि कुनै गोल गर्न सकेन । दोस्रो हापमा सिद्धार्थले उत्कृष्ट खेल प्रस्तुत गर्यो । सिद्धार्थले खेल पुरै आफ्नो नियन्त्रण राख्यो । बारम्बार उत्कृष्ट आक्रमणहरू गरे पनि कुनै पनि आक्रमणले गोल पोष्टको जाली चुम्न सकेन । अन्ततः खेल पेनाल्टीमा धकेलिएको थियो । जसमा बाजि भने पुलिस स्कुलले मार्न सफल भयो । बाजि मारेसङ्गै उसले नगद ३० हजारका साथमा मेडल, प्रमाणपत्र र आकर्षक ट्रफी चुम्न सफल भयो । यस्तै उपविजेता बनेको सिद्धार्थले अन्य पुरस्कारसङ्गै नगद रु १५ हजार प्राप्त गर्यो ।
कार्यक्रमको पुरस्कार ट्रफी, प्रमाणपत्र , कार्यक्रमका प्रमुख अतिथि, विशिष्ठ अतिथी एवम् अन्य अतिथी गणले प्रदान गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै एकेडेमीका सल्लाहकार शरण लिम्बुले एस इ इ परीक्षापश्चात खाली रहेका विद्यार्थीहरुलाई लक्षित गर्दै कुलत र दुर्व्यसनबाट टाढा राख्नका निम्ति यो खेलको आयोजना गरेको बताए । साथै अर्को संस्करणमा प्रतियोगितालाई थप सभ्य र भव्य तरिकाले आयोजना गरिने समेत उल्लेख गरे ।
कार्यक्रमको सन्चालन एन्जिला कार्कीले गरेकी थिइन् । कार्यक्रमका सभाध्यक्ष स्काइ फुटबल एकेडेमीका संयोजक सुमन कार्की थिए भने कार्यक्रमका प्रमुख अतिथि बराहक्षेत्र नगरपालिका वार्ड नम्बर–३ का वडाअध्यक्ष राजदिप लामा रहेका थिए । प्रतियोगिता जेष्ठ १९ गतेदेखि असार १ गतेसम्म सन्चालन भएको थियो ।