November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

विवाह गर्दै ‘नागिन गर्ल’ मौनी

7.5K

काठमाडौं – टेली सिरियल ‘नागिन’ बाट उदाएकी अभिनेत्री मौनी राय विवाह बन्धनमा बाँधिने भएकी छन् ।

भारतिय मिडियाका अनुसार उनले दुवई निवासी सुरज नान्बियारसँग विवाह गर्न लागेकी हुन् । मौनी र सुरज पछिल्लो केहि समयदेखि प्रेमसम्बन्धमा रहेका थिए । उनीहरु एक अर्कासँग डेट पनि गरिरहेको थिए ।

पछिल्लो समय हट फोटोसुटका कारण चर्चामा आइरहने मौनीले केहि समयअघि आफ्नो सम्बन्धको बारेमा जानकारी दिँदै सुरज र उनको परिवारको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी थिइन् । अहिले उनीहरु विवाहको तयारी गरिरहेको बताइएको छ ।

Advertisement

टेली सिरियल बाट चर्चा कमाएकी उनले बलिउडका धेरै फिल्मका गीतमा पनि अभिनय गरिसकेकी छन् । अब उनी फिल्म ब्रह्मास्त्रु मा देखिदैछिन् ।

यस फिल्ममा आलिया भट्ट र रणबीर कपूर मूखय भूमिकामा देखिदैछन् । यस फिल्ममा मौनी खलनायकको भूमिकामा छिन् ।