April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

इलाममा रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु

1.2K

विराटनगर । इलामका चुलाचुली गाउँपालिका ५ स्थित रतुवा खोलाले जिप बगाउँदा २ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार इलामको लारूम्बाबाट दमक आउँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको हो ।

जिपमा सवार २ जनाको शव फेला परेको जसमा शव एक जना बच्चा र एक जना महिलाको रहेको प्रहरीले जनाएको छ।

Advertisement

प्रहरीका अनुसार जिपमा ६ जना सवार रहेको प्रारम्भिक जानकारी आएको छ । जसमा चार जनाको भने उद्धार भइसकेको छ। एक जना महिलालाई अस्पताल लगेको र तीन जना शकुशल बाहिर निस्कन सफल भएका छन्।

जिप खोलाबाट प्रहरीले निकाल्ने प्रयास गरिरहेको छ।