विराटनगर । याक्थुङ(लिम्बु) भाषालाई सरकारी कामकाजको भाषामा कार्यान्वयन गराउन दबाब दिदै कोशी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।
याक्थुङ भाषा कार्यान्वयन सराेकार समूहले आज कोशी प्रदेश सरकारलाई याक्थुङ (लिम्बू ) भाषालाई कामकाजको भाषामा कार्यान्वयन गराउन दबाब दिँदै ज्ञापनपत्र बुझाएका हुन् ।
कोशी प्रदेशका प्रदेश प्रमुख कार्यालयमा , मुख्यमन्त्री हिक्मत कुमार कार्की , सामाजिक विकासमन्त्री, आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई ज्ञापनपत्र बुझाइएको अभियन्ता अमित थेवेले जानकारी दिए ।
उनीहरूले मुख्यमन्त्री तथा मन्त्री परिषदकाे कार्यालय अगाडि शान्तिपूर्ण रूपमा धर्ना समेत दिएका थिए ।