April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

संखुवासभामा चट्याङ लागेर ७२ भेडा मरे

1K

संखुवासभामा चट्याङ लागेर ७२ भेडा मरेका छन्। प्रहरीका अनुसार शनिबार राती सभापोखरीस्थितमा परेको चट्याङ लागेर एकै गोठका ७२ वटा भेडा मरेका हुन् ।

रातको समयमा हुरीसँगै असिना परेपछि रुखको फेदमा बसेका सभापोखरी–५ का सोमबहादुर लिम्बूको चारसय भेडामध्ये ७२ वटा भेडा मरेको प्रहरीले जनाएको छ।

सभापोखरी गाउँपालिकाको माथिल्लो भेग नेपालको ताप्लेजुङ र चीनसँग जोडिएको छ। घटनास्थल सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबीसे बजारदेखि एक दिनको पैदल दूरीमा पर्छ। सभापोखरी गाउँपालिकाको माथिल्लो भेगमा एकल र संयुक्त ६० भन्दा बढी भेडीगोठहरु छन्।

Advertisement

क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। –