गुल्मी । गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
पोखराबाट गुल्मी तम्घास आउँदै गरेको लु १ ख ८१७५ नम्बरको बस रिडीमा दुर्घटना हुँदा बसका सहचालक ४० वर्षीय युवराज कुँवरको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका कुँवरको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा भएको भएको प्रहरीले जनाएको छ ।
जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर-१ मक्वादी स्थित रिडी-तम्घास पक्की सडक खण्डमा दुर्घटनामा परेको हो । १३ जना सवार उक्त बस सडकबाट अन्दाजी ५०/६० मिटर तल खस्न गई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते सबैको पाल्पामा उपचार भइरहेको छ ।