काठमाडौं । रिटर्नी सेन्टरको अध्यक्षमा देवेन्द्र साम्बाहाङ्फे निर्वाचित भएका छन्। सेन्टरको पहिलो महाधिवेशनबाट अध्यक्ष सम्बाहाम्फेसहित १७ जना पदाधिकारी चयन भएका हुन् ।
नेकपा माओवादी केन्द्रको भ्रातृसंगठन रिटर्नी सेन्टरको वरिष्ठ उपाध्यक्षमा डोरबहादुर कार्की, उपाध्यक्षमा भीम रोकाय, कृष्णकुमार सिंह, चेतना श्रेंग र नविराज खान निर्वाचित भएका छन्। यस्तै महासचिवमा विशाल भण्डारी निर्वाचित भएका छन्।
गत चैत ९ र १० गते चितवनमा सेन्टरको पहिलो महाधिवेशन भएको थियो।नमहाधिवेशनबाट ९० जना केन्द्रीय सदस्य चयन भएका थिए। निर्वाचित केन्द्रीय सदस्यहरूले शनिबार काठमाडौंको पेरिसडाँडामा अध्यक्षसहित पदाधिकारी चयन गरेका हुन्।