November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

लिम्बू सांस्कृतिक परिषदको २०औँ स्थापना दिवस

1.5K

पाँचथर । लिम्बू सांस्कृतिक परिषदको २०औँ स्थापना दिवस मनाइएको छ । बुधबार जिल्ला शाखा पाँचथरको आयोजनामा किरात याक्थुङ चुम्लुङको विषयगत समितिको रुपमा रहेको लिसापको स्थापना दिवस मनाइएको हो ।

पान्थरसहित ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भक्तपुर, ललितपुर, काठमाडौ र चितवनमा आयोजना भएको छ ।

किरात याक्थुङ चुम्लुङ् संघीय उपाध्यक्ष चन्द्रकुमार आङ्देम्बेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लिसाप संघीय अध्यक्ष सागर केरुङ, लिम्बुवान प्रदेश सदस्य बुद्धराज लिम्बू, जिल्ला अध्यक्ष सुरेन शिशिर केरुङ, थाम्सुहाङ सेवा समाजका अध्यक्ष भवेन्द्र थाम्सुहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Advertisement

शुभकामना आदानप्रदानसँगै विविध साँस्कृतिक कार्यक्रमहरूसमेत आयोजना गरिएको जिल्ला उपाध्यक्ष लिलाप्रकाश जबेगुले बताए ।