November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

विश्वद्वीप पाण्डेले पनि छाडे बाबुराम भट्टराईको साथ, फर्किए माओवादीमा

1.9K

काठमाडौं । नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन् । उनलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका हुन् ।

पाण्डे डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै हाल नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए । सोमबार बिहान उनी माओवादी केन्द्रमा फर्किएका हुन् ।

भट्टराईका निकट रहेका नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले पनि उनको साथ छोडिसकेका छन् । माओवादीसँग पार्टी एकता गर्नपर्ने विषयलाई दिएर विवाद भएपछि अर्का अध्यक्ष महिन्द्र यादव र श्रेष्ठ अध्यक्ष भट्टराईबाट अलग भएका हुन् ।

Advertisement