काठमाडौं । खुशी इण्डष्ट्रिज नेपाल प्रा.लि.ले उत्पादन गरेको माईती लिक्वीड डिसवासको प्रमोशन गर्न ‘माईतीसँग मेरो भिडियो’ कार्यक्रम सार्वजानिक गरेको छ ।
जोरपाटी बाहुनधारामा नमोबुद्ध न्युज एचडीले संचालन गरेको हाम्रो सेलो घरमा एक पत्रकार सम्मेलन गर्दै यो कार्यक्रम सार्वजानिक गरिएको हो ।
यो कार्यक्रम अन्तर्गत माईती ब्राण्डको लिक्वीड डिसवासको उत्कृष्ट प्रचारात्मक भिडियो बनाउने १ जनालाई कम्पनीको तर्फबाट रू १० हजार नगदसहित सम्मानपत्र प्रदान गरिने जनाइएको छ ।
ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खुशी इण्डष्ट्रिज नेपाल प्रा.लि.का संचालक सुशिल मोक्तानले पत्रकार सम्मेलनमार्फत यो कार्यक्रम घोषणा गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ठुलोबाबु श्रेष्ठले आज दैनिक हजारौं युवा बिदेशिएको अवस्थामा केहि गरौं भनेर उत्पादनमा लागेका युवा व्यवसायीहरूलाई राज्यले हेर्ने दृष्टिकोण र व्यवहार परिवर्तन हुनुपर्ने तथा सबैले नेपाली ब्राण्डको प्रयोग गरेर सहयोग गर्नुपर्ने बताए ।
केही गरौं भन्ने लाग्ने व्यवसायीहरूलाई समाजका सबै पक्षले सहयोग नगर्दा व्यवसायहरू धरासायी बनेको भन्दै श्रेष्ठले ग्रील तथा स्टील व्यवसायमा आबद्ध ११ हजार ब्यवसायी तथा १ लाख ६० हजार कर्मचारीहरुलाई यो डिस वास प्रयोग गर्न आह्वानसमेत गरे ।
संचालक मोक्तानका अनुसार यो कार्यक्रम ३ महिनासम्म सन्चालन हुनेछ । कार्यक्रम २०८१ बैशाख १ गतेदेखि शुभारम्भ भएर २०८१ असार १ गते सम्म चल्नेछ । बिशेष गरी नेपाली दिदिबहिनी, आमालाई लक्षित गरेर ल्याईएको यो कार्यक्रममा इच्छुक पुरुषहरुले पनि यससहभागि हुन चाहेमा सहभागी जनाउन सक्नेछन् । कार्यक्रमको नतिजा सामाजिक संजाललाई आधार मानेर धेरै भ्यूज कमेन्टको आधारमा निकालिने छ । विज्ञापन टाइपको भिडियोलाई उच्च प्राथमिकता दिइने भनिएको यो कार्यक्रममा सहभागी हुन विभिन्न शर्तहरु पालना गर्नु पर्ने छ ।