November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

लिम्बू कथानक चलचित्र ‘चे’ को छायांकन सम्पन्न

8.7K

काठमाडौं । लिम्बू कथानक चलचित्र ‘चे’ को छायांकन सम्पन्न भएको छ । आइतबार याक्थुङ फिल्म्सले एक विज्ञप्ति जारी गर्दै छायांकन सम्पन्न भएको जानकारी दिएको हो ।

पाँचथरको फिदिम नगरपालिका र फालेलुङ गाउँपालिका क्षेत्रमा छायांकन गरिएको चलचित्रको लेखन तथा निर्देशन सागर केरुङले गरेका हुन् ।

‘चे’ को अर्थ नेपाली भाषामा ‘लास’ भन्ने हुन्छ । यस चलचित्रमा लिम्बुहरू आन्तरिक र बाह्यरुपमा कसरी लास भईरहेका छन् ? भन्ने कथामाथि बनाइएको बताइएको छ ।

Advertisement

आधुनिक विकासको नाममा सांस्कृतिक सम्पदा भत्काउने र जोगाउने वीचको द्वन्दात्मक कथालाई चलचित्रको रुपमा उतारिएको केरुङको भनाइ छ।

इन्दु फोम्बो र सबु लिम्बू थाम्सुहाङको निर्माण रहेको यस चलचित्रलाई युवराज राईले छायांकन गरेका हुन् । यसमा बुद्धराज लिम्बुको संगीत, इन्दु फोम्बोको स्वर, अमृता जबेगुको श्रीङ्गार र उदय बेघाको कला निर्देशन रहेको छ ।

चलचित्रमा सागर केरुङ, बिमला खजुम, यासेली योड्हाङ्, निशाम तुम्बापो, भवेन्द्र थाम्सुहाङको मुख्य भूमिका रहेको छ भने नरेन्द्रराज केरुङ, पूर्ण सेलीङ्, प्रमिता लिम्बु, यलम्बर खम्बु, अभिषेक केरुङ, राजु घिमिरे, नुनाम केरुङ, कर्णहाङ् सुब्बा ताम्लिङ, प्रनेश लिम्बु थेवे, संगीत आङ्गेवा, तिर्थ मादेम्बा, सुरेन शिशिर केरुङ, याम कुरुम्बाङ्, अजित योड्या, प्रेमहाङ् केरुङ, उदय बेघा, अमृता जवेगु, जोलिना केरुङ, तिर्थ हाड्सरुम्बा, चन्द्रकला साँवा, रत्ना लिङ्देन लावती, सोदु योङ्हाङ्, बिक्रम केरुङ पारखी, सन्जित लोवा, मिलन केरुङ, खेमराज केरुङ, बिना तुम्बापो थाम्सुहाङ, पपिन्द्र फागो, श्रीहाङ् केरुङ, अगममाया तुम्बापो केरुङ, रमन चेम्जोङ केरुङ, बुद्धराज लिम्बु, लेखनाथ रिमाल, सुरेन्द्र राइ, मिड्सोहाङ् लोवा, मनेन्द्र केरुङ, मनकुमार आङ्देम्बे, राजकुमार केरुङ, खगेन्द्र केरुङ, रुपा राजवंशी, फुड्निमा जवेगु, टेकबहादुर केरुङ, खेसेहाङ् लोवा, आन्जुम केरुङ, मोहनकुमार केरुङ, सन्चबहादुर केरुङ, उदय केरुङ, शिवकुमार राइ, सुजन केरुङ, ज्ञानेन्द्र केरुङ, निशान लुइटेल, बीरबहादुर केरुङ लगायतको अभिनय रहेको छ ।