March 12, 2025, Wednesday
२०८१ फाल्गुन २८
1:37:26 pm

नागरिक उन्मुक्ति पार्टीका दुई सांसदद्धारा सुदूरपश्चिम मुख्यमन्त्रीमा दाबी पेश

1.3K

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) दुई सांसदले सुदुरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । आइतबार नाउपाका बेग्लाबेग्लै गठबन्धनबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

पार्टीका सांसदहरू कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीले प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । कैलाशले संघीय सत्ता गठबन्धनको साथमा र लक्ष्मणकिशोरले नेपाली कांग्रेससहित गठबन्धन गरेर मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

कैलाश नाउपा संस्थापक अध्यक्ष श्रेष्ठनिकट र लक्ष्मणकिशोर नाउपा संरक्षक रेशम चौधरीनिकट मानिन्छन् ।

Advertisement

पार्टीकै दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुख मियाँलाई भेट्न अध्यक्ष चौधरी प्रदेश प्रमुख कार्यालय पुगेकी छन् ।

प्रदेश प्रमुख कार्यालय परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष श्रेष्ठले संघीय गठबन्धनअनुसार नै प्रदेश सरकार बन्ने प्रतिक्रिया दिइन्।