February 12, 2026, Thursday
२०८२ माघ २९
1:37:26 pm

सरकारबाट बाहिरिँदै नागरिक उन्मुक्ति पार्टी

1.7K

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने भएको छ । पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरेर प्रतिशोध साँधेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गर्न लागेको पार्टी नेताहरूले बताएका छन् ।

यसबारे अहिले पार्टीका केही नेताहरू छलफल गरिरहेको बताइएको छ । आफ्नो पार्टी सरकारबाट बाहिरिने तयारी गरेको अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् ।

वर्तमान सरकारमा नागरिक उन्मुक्तिका अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री छन् ।

Advertisement