November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सल्यानमा बस दुर्घटना हुँदा तीन जना घाइते

1.1K

सल्यान । सल्यानमा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । आईतबार बिहान ९ बजे कुमाख गाउँपालिका-३ गुर्दासेबाट श्रीनगर आउँदै गरेको ना ६ ख ५३१३ नम्बरको बस गुर्दासे नजिकै सडकमै दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।

प्रहरीका अनुसार दुर्घटनामा घाईते हुनेमा गुर्दासे निसीका २५ वर्षीय हस्त राना, १८ वर्षकी यमुना सिंह र ७३ वर्षकी भूमि सिंह रहेका छन् । घाइते भएका सबैलाई उपचारको लागि जिल्ला अस्पताल सल्यान ल्याईएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सडक साँगुरो भएकाले अनियन्त्रित भएर सडकमै पल्टिएको थियो । बसमा नौ जना सवार थिए ।

Advertisement