November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

एनआरएनएलाई नियमित बाहेकका कामकारबाही नगर्न परराष्ट्रको निर्देशन

2.5K

काठमाडौं । परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई नियमित बाहेकका कामकारबाही नगर्न निर्देशन दिएको छ । बुधबार एक पत्र जारी गर्दैै परराष्ट्रले सर्वोच्च अदालतकोको फैसलाअनुसार नयाँ अन्तर्राष्ट्रिय समन्वय परिषद् गठन नभएसम्म संघको सचिवालयबाट नियमित प्रशासनिक कामबाहेक अन्य गतिविधि नगर्न भनेको हो ।

पत्रमा भनिएको छ, ‘सर्वोच्च अदालतको आदेशअनुरूप समानान्तर अन्तर्राष्ट्रिय समन्वय परिषद् र तत्पश्चातको संघको अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचन लगायत अन्य काम कारबाही तथा गतिविधिले आधिकारिकता प्राप्त नगर्ने भएको हुँदा सोही आदेश बमोजिम तोकिएको उच्चस्तरीय समितिले एकता महाधिवेशन गरी नयाँ अन्तर्राष्ट्रिय समन्वय परिषदको गठन नभए सम्मका लागि संघको सचिवालयबाट नियमित प्रशासनिक काम कारवाहीबाहेक संघको गरिमा, एकता, उद्देश्य र प्रभावकारितामा प्रभाव पार्ने, अतिरिक्त आर्थिक दायित्व बहन गर्नुपर्ने, गैरआवासीय नेपालीहरूको एकता, पारस्परिक सहयोग र सद्भाव अभिवृद्धिमा आघात पुग्ने कुनै पनि गतिविधि नगर्नु हुन तथा नगराउनु हुन गैरआवासीय नेपालीसम्बन्धी नियमावली, २०६६ को नियम १६ को उपनियम (२) बमोजिम अनुरोध गरिएको छ ।’

मन्त्रालयले संघको गरिमा, एकता, उद्देश्य र प्रभावकारितामा प्रभाव पार्ने, अतिरिक्त आर्थिक दायित्व बहन हुने, गैरआवासीय नेपालीहरूको एकता, पारस्परिक सहयोग र सद्भाव अभिवृद्धिमा आघात पुग्ने प्रकारका कुनैपनि गतिविधि नगर्न नगराउन भनेको छ ।

Advertisement