November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

गीतकार डम्बर यक्सोको ‘नछोड बिन्ती’ गीत सार्वजनिक

3.6K

काठमाडौं । गीतकार डम्बर यक्सो लिम्बुको शब्द रहेको ‘नछोड बिन्ती’ गीत सार्वजनिक भएको छ । शान्तीराम राईको संगीत र राजु कार्कीको संगीतसंयोजन रहेको यश गीतमा मेलिना राई र अशोक मुकारुङको स्वर रहेको छ ।

यस गीतलाई सेवा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको हो भने योगेन मुकारुङद्वारा रेकर्ड तथा मिक्सिङ गरिएको हो।यस गीतको भिडियो ‘सेवा इन्टरटेन्मेन्ट’ मार्फत् सार्वजनिक गरिएको छ |

भिडियोमा अशोक मुकारुङ र रमिला मोक्तानको अभिनय रहेको छ भने जयन्द्र कुवरको छायांकन, ल्यासेस स्टुडियोको श्रीङ्गार, देव राईको नित्य निर्देशन र जीवन मुकारुङको निर्देशन र सम्पादन रहेको छ ।

Advertisement

कवि गीतकार डम्बर यक्सो पूर्व ब्रिटिस आर्मी हुन्, ब्रिटिस सरकारले दिएको सम्पूर्ण सुविधाहरू त्यागेर आफ्नै देशको माटो र समाजलाई केही गर्न सकिन्छ भन्ने अठोटसहित समाज सेवा र विभिन्न संघ संगठनहरुमा आबद्ध भई काम गरिरहेका छन् । आफ्नो कार्य व्यस्तताकासँगै गीत, कविता, फुटकर लेखहरु लेख्दै आएका छन् ।

गीतकार यक्सो हाल ‘मेरा मनका अव्यक्त भावहरू’
कवितासंग्रह प्रकाशनको अन्तिम चरणको तयारीमा जुटिरहेका छन् ।