April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

बरु भ्यागुतोलाई जोख्न सजिलो होला, तर अहिलेको प्रधानमन्त्रीलाई त्यति कमसल नठान्नुः सीके

२०८० फाल्गुन २४

1.5K


काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशीको इशारामा गठबन्धन फेरेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले प्रचण्डले दम्भ देखाएको आरोप लगाएका हुन् ।

राउतले भने, ‘बरु भ्यागुतोलाई समातेर जोख्न सजिलो होला, तर अहिलेको सम्मानननीय प्रधानमन्त्रीलाई त्यति कमसल नठान्नुहोला, कतिखेर कुन विदेशीले धाप मारिदिन्छ, कता बुर्लुक्क उफ्रिनुहुन्छ थाहै हुँदैन ।’

गठबन्धन किन फेरियो भनेर प्रचण्डले दिएको अभिव्यक्ति लाजमर्दो रहेको पनि उनले टिप्पणी गरे । उनले भने, ‘एउटा दुईवटा कुर्सी नमिलेर, राष्ट्रियसभा चुनावमा भोट नआएर पो रहेछ । सैद्धान्तिक धरातलमा टेकेर हुँदै रहेछ भन्ने लागेको थियो, एउटा दुईवटा कुर्सीमा नमिलेर पो रहेछ ।’

Advertisement