काठमाडौं । नेपाली जनप्रगतिशील मञ्च बेलायतको पाँचौं राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । आइतबार अल्डरशटस्थित ठमेल रेस्टुरेन्टमा सम्पन्न अधिवेशनले बिमला लिम्बुको अध्यक्षतामा २२ सदस्सीय समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा फुलप्रसाद, अरुन थापा, कपिल श्रेष्ठ र हरि पौडेल निर्वाचित भएका छन् भने महासचिवमा कृष्ण खनाल, सचिवमा कपिल राई र हरी अर्याल, कोषाध्यक्षमा माया केसी र सह कोषाध्यक्षमा वीर बलाल निर्वाचित भएका छन् ।
यस्तै, समितिको सदस्यहरुमा सदस्य भिम राई, कृति भट्टराई, बिना लिम्बु, गंगा गुरुङ, जित गिरी, दिपक गुरुङ, खड्ग प्रसाद लिम्बु, रचना राई, रुद्रलाल गिरी, कर्न रावत, विष्णुमाया राई र मनिका राई निर्वाचित भएका छन् ।
अधिवेशन मञ्चका अध्यक्ष मानबहादुर गुरुङको सभापतित्व तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राईको प्रमुख आथित्यमा सम्पन्न भएको थियो ।
सम्मेलनको बन्द सत्रमा मञ्चको सल्लाहकार एवम् किरात राई यायोक्खा बेलायतको अध्यक्ष योगेश कोयी राईले निर्वाचन मन्डलको अध्यक्ष कार्यसमिति निर्वाचित गरेका थिए ।