April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पाँचथरमा प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता सुरु

1.9K

पाँचथर । जिल्ला खेलकुद विकास समिति पाँचथरको आयोजनामा कोशी प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता पाँचथर सदरमुकाम फिदिममा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन् जिल्ला समन्वय समिति पाँचथरका प्रमसख रामराज आङदेम्बेले गरे ।

पाँच विधामा संचालन गरिएको प्रतियोगिताको पहिलो दिनको मेन्स सिंगलका खेलहरु भएका छन् । अहिले मेन्स सिंगलका पहिलो चरणका खेलहरु सम्पन्न भएको छ ।

मेन्स सिंगलमा भोजपुरका बिशाल तामाङ ताप्लेजुङका अन्डरेश लिम्बु, सुनसरीका संगम गिरि, पाँचथरका दिवस शंकर, उदरपुरका बिनय चौधरी, तेह्रथुमका नबिन सिलवाल,संखुवासभाका अनुज तामाङ, भोजपुरका बिबेक श्रेष्ठ,भोजपुरका युनशल राई,सोलुखुम्बुका सगुन कार्की, खोटाङका योदेश राई, तेह्रथुमका बिकेक कन्दवा,सोलुखुम्बुका संयोग बस्नेत,उदयपुरका सुजल चौधरी र ताप्लेजुङका मिलन गुरुङ दोश्रो चरण प्रबेश गरेका छन् ।

Advertisement

अहिले मेन्स सिंगलको दोश्रो चरणका खेलहरु सञ्चालन हुँदैछ । जिल्ला खेलकुद विकास समिति पाँचथरको आयोजनामा भइरहेको प्रतियोगितामा कोशी प्रदेश खेलकुद विकास बोर्ड र फिदिम नगरपालिकाले आर्थिक सहयोग गरेका हुन् ।

प्रतियोगिताका खेलहरु जिल्ला समन्वय समिती पाँचथरको कवर्डहलमा संचालन भइरहेको छ । प्रतियोगितामा मेन्स डबल, मेन्स सिंगल, विमेन डबल, विमेन सिंगल र मिक्स डबलका खेलहरु हुने जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए । प्रतियोगितामा कोशी प्रदेशका १४ वटा जिल्लाको ६८ जना खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको हरेक विधाका बिजेताले ट्रफि,मेडल सहित नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् । खुल्ला भेट्रान्स प्रतियोगिता तर्फ ४५ वर्ष माथि र दुइ जना खेलाडीको उमेर जोड्दा १०० वर्ष माथि गरि दुई विधाको खेल हुने आयोजकले जनाएका छन् । । खुल्ला भेट्रान्स प्रतियोगिता तर्फका बिजेताले ३० हजार र उपबिजेताले १५ हजार प्राप्त गर्ने छन् ।

आगामी फाल्गुन २४ गते देखि हेटौडामा हुने अन्तर प्रदेश स्तरीय प्रतियोगिताको खेलाडी छनोट समेत यसै प्रतियोगिताबाट गरिने मोक्तानले जानकारी दिए । प्रतियोगितामा प्राबिधिक सहयोग जिल्ला ब्याटमिन्टन संघले गर्ने छ । प्रतियोगिता सम्पन्न गर्न १८ लाख खर्च हुने आयोजकको अनुमान छ ।