सउल । अन्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा ‘अन्तर्राष्ट्रिय मातृभाषा उत्सव–२०२४’ आयोजना हुने भएको छ । आदिवासी जनजाती साहित्यकार÷लेखक महासंघ, दक्षिण कोरियाको आयोजनामा फेब्रुअरी १९ देखि २५ सम्म उत्सवको आयोजना गर्न लागेको हो ।
उत्सवको पहिलो दिन नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ राजन मुकारुङले ‘नेपालमा मातृभाषा साहित्यको अवस्था ः अवसर र चुनौतिहरू’बारे प्रस्तुति दिनेछन् भने उदय आललेले ‘कुसुण्डाको अलग संसार’ बारे र ‘माझिको भाषिक साँस्कृतिक अवस्था’ बारे पूजा माझीले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
नेपाली समयअनुसार साँझ छ बजे भर्चुअल रुपमा संचलन हुने उक्र कार्यक्रमको संचालन विनेश राई ‘मिञ्जाई’ले गर्नेछन् ।
यस्तै, २० तारिखका दिन ‘पाठ्यक्रममा मातृभाषा’ विषायक कार्यक्रम हुनेछ । उक्त कार्यक्रमका वक्ताहरू जीवन रोका मगर, पदम राई (सम्पादक, बुङ्वाखा मासिक) र मरिन गाउँपालिकाकी उपाध्यक्ष बिमला माझी रहेका छन् । वक्ताहरुले ‘पाठ्यक्रममा मातृभाषा’ विषयमा आफ्ना धारणा राख्ने छन् ।
भर्चुअल माध्यमबाटै संचालन गरिने यस कार्यक्रमको सहजीकरण पत्रकार विकास रोका मगरले गर्नेछन् ।
उत्सवको तेस्रो दिन ‘भाषाको मृत्यू’ विषायक कार्यक्रम रहेको छ । कार्यक्रमका वक्ताहरुमा अमृत योञ्जन र गुरुङ सुशान्त रहेका छन् । २१ तारिख साँझ ५ बजे सुरु हुने यस कार्यक्रमको सहजीकरण साहित्यकार दिलिप बान्तावाले गर्नेछन् । यस कार्यक्रम पनि भर्चुअल माध्यमबाट हुने आयोजकले जनाएको छ ।
यस्तै, २२ तारिखका दिन ‘कहाँ पुग्यो आदिबासी मुद्धा ?’ विषयमा वक्ताहरु नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष ग्याल्जेन शेर्पा र भाषिक, सांस्कृतिक अभियन्ता गोबिन्द छन्त्यालले आफ्ना धारणा प्रस्तुत गर्नेछन् । भर्चुअल माध्यमबाटै संचालन हुने यस कार्यक्रमको सहजीकरण कैलाश राईले गर्नेछिन् ।
उत्सवको पाँचौं दिन ‘भुइँमान्छेको आवाजभित्रका आवाजहरु’ विषायक कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रमका वक्ताहरुमा कवि पराजित पोमु र साहित्यकार प्रगती राई रहेका छन् । यस कार्यक्रमका सहजकर्ता खोम गुरुङ रहेका छन् ।
उत्सवको छैठौं दिन ‘कवितामा मातृभाषाका स्वरहरु’ कार्यक्रम रहेको छ । जसमा १४ जना मातृभाषी कविहरुको कविता वाचन गर्नेछन् । थारु भाषामा भुमिका थारु, धिमाल भाषामा वर्षा धिमाल, गुरुङ भाषामा छम गुरुङ, तामाङ भाषामा, रचना मोक्तान, मगर भाषामा एल बि मगर, याक्खा भाषामा हेन्सेन याक्खा, कोईच÷सुनुवार भाषामा मिथोच, नेपाल भाषामा विरस कासिराम, चाम्लिङ राई भाषामा शुशिला निनाम, लिम्बू भाषामा शेशेफुङ् शेर्मा र मातृहाङ् नेम्बाङ मगर ढुट भाषामा पवित्रा थापा मगर, दुङ्माली राई भाषामा अर्जुन दुङ्माली र राजबंशी भाषामा मनिषा राजबंशीले कविता वाचन गर्नेछन् । भर्चुअल माध्यमबाटै हुने यस कार्यक्रमको सहजकर्ता ऐडेन छन्त्याल रहेका छन् ।
उत्सवको अन्तिम दिन ‘भाषा आन्दोलन र नयाँ पुस्ता’ विषायक कार्यक्रम रहनेछ । जसका वक्ताहरूमा नयाँ पुस्ताका कविहरू शुष्मा रानाहँमा, केरुङ् हाङ्सेङ् र बिष्णु सन्यास रहेका छन् ।
कवि उत्तम खजुमले सहजीकरण गर्ने यस कार्यक्रम भने किम्हे दक्षिण कोरियामा आयोजना हुनेछ । कोरियाको समयअनुसार बिहान ११ बजे कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ ।