काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन ९ गते काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शन गर्ने भएको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले फागुन ९ गते काठमाडौंसहित ७४ जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत् नेपाल सरकारलाई माग पत्र पेश गर्ने निर्णय गरेको हो।
राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाहलगायत जनजीविकासँग सम्बन्धित माग राखेर फागुन ९ गते नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई माग पत्र बुझाउने निर्णय गरेको राप्रपाले जनाएको छ ।
बैठकमा आन्दोलन मूल समिति संयोजकसमेत रहेका अध्यक्ष राजेन्द्र लिङ्देन, निर्देशन समिति अध्यक्ष प्रकाशचन्द्र लोहनी, आन्दोलन परिचालन समिति संयोजक धवलशमशेर राणा, पदाधिकारीहरू, केन्द्रीय सदस्यहरू, उपत्यकाभित्रका जिल्ला अध्यक्षहरूलगायतको सहभागिता रहेको थियो ।
राप्रपाले गत पुस ३ गते केन्द्रीय समितिबाट आन्दोलनमा जाने निर्णय गरेको थियो।