November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपाल पत्रकार महासंघ कुवेतको अध्यक्षमा राज मल्ल सर्वसम्मत चयन

आकाश शेर्पा
२०८० माघ १३

2K

कुवेत । नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा राज मल्ललाई सर्वसम्मत चयन गरेको छ ।

महासंघको उपाध्यक्षमा चन्द्रबहादुर बिश्वकर्मा गोतामे, सचिवमा हरिबहादुर बानियाँ, सह-सचिवमा गुलाम नाबी मन्सुर र कोषाध्यक्ष सुरेश गुरुङ चयन भएका छन् ।
यस्तै, सदस्यहरूमा मनोज थापा, मानबहादुर तामाङ , बिजय लामा, आकाश शेर्पा, प्रेमकुमार जिमी, जयनारायण थारु , रामकाजी तामाङ, बिजय धामी चयन भएका छन् ।

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतको निवर्तमान अध्यक्ष नवराज पन्थीको सभापतित्वमा सम्पन्न उक्त अधिवेशनमा नेपाली राजदूतावास कुवेतका राजदूत घनश्याम भुसालको प्रमुख आतिथ्यता रहेको थियो भने प्रथम सचीव प्रेमराज गौतम, नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रोशन पुरीको विशिष्ट आतिथ्य सहित गैरआवशिय नेपाली संघ कुवेतका अध्यक्ष रणद्वाज लामा , कुवेतमा क्रियाशिल रहेका विभिन्न संघसंस्थाका प्रतिनिधीहरू विशेष अतिथि रहेका थिए ।

Advertisement

सन् २०१० मा स्थापना भएको नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेत शाखामा कुवेतबाट संचालित र विभिन्न राष्ट्रिय मिडियाहरुमा आवद्ध रहेको परोपकारी पत्रकारहरू आवद्धता रहेको छ । आरपी बुढाथोकीको अध्यक्षमा स्थापना भएको कुवेत शाखाले विभिन्न समयमा सुजन केसी, जय आलेमगर, हरिकृष्ण न्यौपाने देखि नवराज पन्थी सम्म आईपुग्दा अध्यक्ष तथा कार्यबाहक अध्यक्ष हुँदै चौथो अधिवेशन मार्फत एकराज मल्ल अध्यक्ष चुनिएको हो ।

वैदेशिक रोजगारको लागि कुवेत रहेर परोपकारी पत्रकारीता गर्दै सूचनालाई पाठक सामु सम्प्रेषण गर्दै आईरहेका विभिन्न संचालित मिडियाहरु पनि रहेको छ ।