November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक

1.4K

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पदाधिकारी बैठक बस्ने भएको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउन पदाधिकारी बैठक बोलाइएको जनाइएको छ ।

सत्तारुढ गठबन्धन दलबीच राष्ट्रिय सभा निर्वाचनमा भागबण्डा टुङ्गिएको छ । राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि निर्वाचन हुँदैछ । जसमा माओवादी केन्द्रले छ सिट पाएको छ । माओवादीले पाएको छ सिटमा कसलाई उम्मेदवार बनाउने भन्नेबारे पदाधिकारी बैठकले टुङ्ग्याउने छ । 

Advertisement