April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

ईपीएस कोरिया शाखाको निर्देशकमा मैयाँ कँडेल नियुक्त

1.4K

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाको निर्देशकमा मैयाँ कँडेल नियुक्त भएकी छन् ।बालकुमारी घटनापछि यसअघिका निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाइएपछि उक्त जिम्मेवारी कँडेललाई दिइएको हो ।

श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले
कँडेललाई शुक्रबारदेखि नै सम्हाल्ने गरी निर्देशको जिम्मेवारी दिएको हो ।

सुवेदीलाई गत १३ पुसमा ललितपुरको बालकुमारी क्षेत्रमा भएको घटनापछि जिम्मेवारीबाट हटाइएको थियो । घटनाको एक सातापछि कँडेलले जिमेवार सम्हालेकी हुन् ।

Advertisement

यसअघि उपसचिव कँडेल श्रम तथा रोजगार मन्त्रालयको सीप विकास तथा तालिम शाखा प्रमुख भएर एक वर्ष काम गरेकी थिइन् । त्यसअघि उनले वैदेशिक रोजगार बोर्डको सचिवालयमा निर्देशकको रुपमा साढे दुई वर्ष जिम्मेवारी सम्हालेकी थिइन् ।