November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रविन वेडवालको ‘कलीलो यौवनमा’ सार्वजनिक

3.1K

गायक प्रविन वेडवालको स्वर रहेको ‘कलीलो यौवनमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा केपी आचार्यको शब्द , इन्द्रराज परियारको संगीत रहेको छ । गीतको एरेन्ज भने आदेश गुरुमाचनको छ ।

गीतमा प्रेम र प्रेमील जोडीविचको हृदयविदारक अवस्थालाई चित्रण गरिएको छ । भिडियोमा युदिन योञ्जनको छायांकन, विजयराज भुर्तेलको सम्पादन तथा निर्देशन रहेको छ ।

गीतको भिडियोमा समिर राईको कन्सेप्ट रहेको छ । आफूलाई माया गरेको प्रेमीलाई जीवनमा सजाउने सपना राख्दाराख्दै जीवन त्याग गरेका प्रेमीको मृत्युको भएको अवस्थालाई गीतमा समेटिएको छ ।

Advertisement

भिडियोमा समिक्षा पोखरेल, गौरव पहारी र सागर गैरेको अभिनय देख्न सकिन्छ ।

नेपाल आइडल सिजन–३ को फस्ट रनरअप भएका वेडवालको यसअघि ‘तिमीले सोचभन्दा धेरै’, ‘माया लाइसक्यो’ लगायत दर्जनौं सुपरहिट गीतहरु छन् ।