November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

समाज सुधारक तथा शिक्षाका अभियन्ता स्व. कुमार हाङ बेघाको सालिक अनावरण

3K

पाँचथर । समाज सुधारक तथा शिक्षाका अभियन्ता स्व. कुमार हाङ बेघाको पूर्ण कदको सालिक अनावरण गरिएको छ। बेघाको दशौं स्मृति दिवसको अवसरमा बुधबार उनको सालिक अनावरण गरिएको हो ।

बेघाले विसं २००८ सालदेखि २०२५ सालसम्म पाँचथर, ताप्लेजुङ लगायतका स्थानमा दर्जन जति विद्यालय स्थापना गरेका थिए । समाज सुधारक तथा शिक्षाका अभियन्ता बेघाको नाममा ‘कुमार हाङ बेघा स्मृति प्रतिष्ठान’ स्थापना गरेको छ । सोही प्रतिस्ठानको आयोजनामा शालिक अनावरण गरिएको हो।

प्रतिस्ठानका अध्यक्ष प्रेमबहादुर बेघाको अध्यक्षता तथा प्राडा गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यथामा विष्णु मावि च्याङ्थापुमा सम्पन्न उक्त कार्यक्रमका विशिष्ट अतिथि गाउँपालोका अध्यक्ष भिम बहादुर योङ्या रहेका थिए ।

Advertisement

कार्यक्रममा महासचिव शरद अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने संचालनतिलचन अधिकारीले गरेका थिए। नृत्य, गायन, मुक्तक वाचन, च्याब्रुङ नाच, नौमती बाजासहित कार्यक्रम सम्पन्न गरिएको थियो ।