April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

लन्डनमा ‘एम्बेसडर फर पिस’ अवार्डबाटबाट डा. संगीता श्रेष्ठ ‘स्वेच्छा’ सम्मानित

1.9K

लन्डन । डा. संगीता श्रेष्ठ ‘स्वेच्छा’ एम्बेसडर फर पिस’ अवार्डबाटबाट सम्मानित भएकी छन् । सञ्चारकर्मी, लेखिका तथा विश्वव्यापी विकासका अभियन्ता श्रेष्ठलाई गत डिसेम्बर ९ मा आयोजित अवार्ड समारोहमा शान्ति स्थापना र अन्तर्राष्ट्रिय विकासमा उनको योगदानको कदर गरिएको हो।

विकास संचारमा १५ वर्ष भन्दा बढी अनुभव संगालेकी संगीताको महिला अधिकार, विश्वव्यापी शिक्षा, अनुसन्धान संचार र वातावरणीय संरक्षणमा योगदान रहेको छ । हाल, फिड द माइन्ड्स, लन्डनस्थित अन्तर्राष्ट्रिय विकास संस्थामा, उनी अफ्रिकी तथा एशियाका विभिन्न देशहरुमा गरिबीमा परेका महिलाहरूलाई शिक्षाको माध्यमबाट सशक्त बनाउने अभियानमा संलग्म छिन् ।

‘एम्बेसडर फर पिस’ अवार्डले सामंजस्पपूर्ण संसार सिर्जना गर्ने उनको प्रतिबद्धतालाई झल्काउँछ ।

Advertisement

प्रतिष्ठित पुरस्कार प्राप्त गरेपछि उनले कृतज्ञता व्यक्त गर्दै भनिन्, “शान्तिका लागि राजदूतको रूपमा मान्यता प्राप्त गर्न पाउँदा म अत्यन्तै सम्मानित महसुस गर्दैछु । यो पुरस्कारले मलाई थप योगदान गर्न उत्प्रेरित गर्दछ ।”

“युनिभर्सल पिस फेडेरेसन एम्बेसेडर फर पिस अवार्डले समुदाय र सीमानामा शान्ति र सद्भावलाई बढावा दिनको लागि राम्रो नेतृत्व, वकालत र प्रतिबद्धता प्रदर्शन गरेका व्यक्तिहरूलाई सम्मान गर्दछ”, युनिभर्सल पिस फेडरेशन यु.के. का निर्देशक मार्गरेट अलीले भने ।

“यो पुरस्कार प्राप्त गर्नेहरूले अहिलेसम्म हासिल गरेका कामहरूको लागि मात्र होइन; शान्ति पुरस्कारबाट सम्मानित अन्म विद्यमान राजदूतहरूसँगै समाज को लागि थप काम गर्न प्रोत्साहित गर्दछ। युपीएफमा हाम्रो टोलीले योग्स व्यक्तिहरुलाई पुरस्कार प्रदान गरेर राम्रो गर्ने कोसिस गर्छ,” उनले थपे।

युनिभर्सल पिस फेडेरेसन संयुक्त राष्ट्र संघको आर्थिक र सामाजिक परिषद्सँग सामान्य परामर्शको स्थितिमा एनजीओ को रुपमा रहेको विश्वव्यापी संस्था हो। युपीएफले संयुक्त राष्ट्र संघको कामलाई समर्थन गर्दछ, विशेष गरी अन्तरधर्म शान्ति निर्माण, शान्ति शिक्षा, र विवाह र परिवारको सुदृढीकरणका क्षेत्रमा। यसले १६० भन्दा बढी देशहरूमा एम्बेसडर फर पिस अवार्डबा योग्स व्यक्तिहरूलाई सम्मानित गरेको छ ।