November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

हमासको कब्जामा रहेका जोशीलाई छुटाउन मन्त्री साउदको कतारका प्रधानमन्त्रीसँग आग्रह

1.8K

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली युवा विपिन जोशीलाई छुटाउनको लागि कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल-थानीसँग आग्रह गरेका छन् । मन्त्री साउदले कतारका प्रधानमन्त्रीसँग सोमतबार शिष्टाचार भेटवार्ता गर्दै उक्त आग्रह गरेका हुन् ।

२१ औं दोहा फोरममा सहभागी हुन पुगेका मन्त्री साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी जोशीको शीघ्र रिहाइका लागि थप सशक्त पहल गरिदिन विशेष अनुरोध गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री साउदले हमाससँग कतारको सम्पर्क, मध्यपूर्वको समस्यामा कतारले निर्वाह गरिरहेको सक्रिय मध्यस्थकर्ताको भूमिका एवं कतार र नेपालबीचको जनस्तरलगायतको सम्बन्ध गहिरो रहेको उल्लेख गरेका थिए । साथै उक्त भेटवार्तामा दुई मुलुकबीचको मित्रवत् सम्बन्धका आधारमा अहिलेको मानवीय मामिलामा कतारसँग नेपाल सरकारको उच्च आशा रहेको पनि बताएका थिए ।

Advertisement

जवाफमा कतारका प्रधानमन्त्री अल थानीले विपिन जोशीलगायत विदेशी बन्दीहरूको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको उल्लेख गरे । उनले चाँडै सकारात्मक परिणाम आउनसक्ने संकेत समेत पनि गरे । उनले नेपालसँगको सम्बन्धलाई कतार सरकारले प्राथमिकतामा रहेको पनि बताए ।

अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा १० नेपालीको पनि मृत्यु भएको थियो । सोही दिन जोशीलाई पनि बन्दी बनाएर हमासले लगेको थियो ।