काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा हमासले गरेको आक्रमणपछि वेपत्ता भएका विपिन जोशीको परिवारसँग भेटे गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान कैलालीको धनगढी विमानस्थलमा जोशी परिवारलाई भेटेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा विपिनका अभिभावकले विपिनको उद्धारको पहलबारे सोध्नुका साथै छिटो उद्धार गरिदिन आग्रह गरेका थिए ।
प्रचण्डले विपिनको सकुशल रिहाइका लागि अधिकतम कूटनीतिक पहल जारी राखेको बताएका थिए ।
प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम महोत्सव उदघाटन कार्यक्रममा सहभागी हुन आज बिहान कैलाली पुगेका छन् । सोही क्रममा उनले जोशी परिवारसँग भेटघाट गरेका हुन् ।