November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कम्युनिष्ट शक्तिहरू एक हुनुको विकल्प छैन: देव गुरुङ

1.3K

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकार कसैले चाहँदैमा नढल्ने बताए। सोमबार रुकुम पश्चिममा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुरुङले आगामी तीन वर्षसम्म प्रचण्डको सरकार रहने दाबी गरेका हुन् ।

पत्रकार भेटघाटमा गुरुङले भने, “अहिलेको सरकार तीन वर्ष नै टिक्छ । यो सरकार ढाल्नलाई धेरै प्रयास भइरहेका छन् । तर त्यो काम सफल हुन सक्दैन । यो सरकारलाई जनताले रुचाएका छन् । सरकारले पनि जनमुखि काम गर्दै आएको छ।”

यस्तै, कम्युनिष्ट शक्तिहरू एक हुनुको विकल्प नभएको पनि उनले बताए । उनले छिट्टै माओवादी घटकहरुबीच एकता हुने विश्वास व्यक्त गर्दै उनले भने, “पूर्वमाओवादी घटकको एकताको कुरा भइरहेको छ । सामाजवादी मोर्चामा पनि त्यो कुरा भएको छ । नेपाल समाजवादी पार्टीसँग एकता गर्न त कार्यदल नै निर्माण भएको छ । माओवादी केन्द्रको नेतृत्वमा नै पार्टी एकता हुन्छ ।”

Advertisement

जनताले पनि माओवादी घटक एक भएको हेर्न चाहेको महासचिव गुरुङको भनाइ थियो।