April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

याङ्वरक थर्पुमा २ दिने आँखा शिविर सम्पन्न

2.5K

पाँचथर । जिल्लाको याङ्वरक थर्पुमा २ दिने आँखा शिविर सम्पन्न भएको छ । याङ्वरक गाउँपालिका वडा न ४ स्थित सामुदायिक भवनमा मंसिर १४ र १५ गते २ दिने नि:शुल्क आँखा शिविर सञ्चालन गरी शनिबार समापन गरिएको हो ।

याङ्वरक गाउँपालिका, हिलिहाङ गाउपालिका छिमेकी जिल्ला ताप्लेजुङका सिदिङ्वा गाउपालिका, पाथीभरा याङ्वरक गाउपालिका र श्रीजंगा गाउपालिकाका जनताहरूले विभिन्न आखाका रोगहरूको निशुल्क उपचारको सेवा लिएका छन् ।

२ दिन सम्म संचालन गरिएको आँखा शिविरमा आँखाका रोगीहरुको निशुल्क उपचार तथा औसधि वितरण गरिएको थियो भने शिविरमा उल्लेखनिय आखाका बिरामीहरूको उपस्थिती रहेको थियो । जसमा ओपिडी सेवा ३९७ जना, निशुल्क चस्मा २२८ जनाले,औषधी १३७ जनाले र मोतिया विन्दुको अप्रेसन ३२ जनाले गरेको याङवरक स्वास्थ्य शाखाका प्रमुख डिल्लीरमण पाण्डेले जानकारी दिएका छन् ।

Advertisement

यस शिविरबाट आँखा जस्तो संवेदनशिल अंगको आफ्नै घर आँगनमा उपचार पाउँदा सेवा ग्राहीहरू दंग छन् । याङवरक गाउँपालिका तथा नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ र पाँचथर सेवा फाउन्डेशन काठमाडौंको आयोजना साथ डा. रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटा, डिचेन डोङ्ग्ला स्मारक, आँखा उपचार केन्द्र ताप्लेजुङ, सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा उक्त शिविर संचालन भएको गाउँपालिकाको कार्यालयले जनाएको छ ।