November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

नेताहरूले उग्र महत्त्वकांक्षा त्यागेर आचरण नसुधारेसम्म कांग्रेस पार्टी परिवर्तन हुँदैन: कोइराला

2.4K

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेस पार्टी परिवर्तन नभएसम्म देशमा सुशासन नआउने बताएका छन्। शनिबार कांग्रेस लुम्बिनीको पहिलो सम्मेलनमा बोल्दै कोइरालाले नेताहरूले उग्र महत्त्वकांक्षा त्यागेर आचरण नसुधारेसम्म कांग्रेस पार्टी परिवर्तन नहुने बताएका हुन् ।

उनले युवालाई विदेश पलायन हुनबाट रोक्न नसके देश थप धराशायी हुने अभिव्यक्ति दिए । उनको प्रश्न थियो, ‘दिनहुँ लस्कर लागेर युवा विदेशिएकोमा हामी कसैलाई चिन्ता छैन, केबल स्वार्थ केन्द्रित राजनीतिमा छौं। अनि देश कसरी देश बन्छ?’,

यस्तै, अब कुनै पनि निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने पनि बताए ।

Advertisement