लन्डन । लोकप्रिय हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) लन्डन आउने भएका छन् । महजोडी प्रहसन कार्यक्रमका लागि बेलायत आउन लागेका हुन् ।
बेलायतस्थित गोर्खा भेट्रान र तिनका परिवारहरुको कल्याण एवं हकहितका लागि समर्पित च्यारिटी संस्था ‘द गोर्खा सेन्टर’को निमन्त्रणामा मह जोडी २० डिसेम्बरमा लन्डन आउने जनाइएको छ ।
‘मह जोडी यूके टुर’ लन्डन ह्यारोबाट सुरु हुनेछ । ह्यारो लिजर सेन्टर बाइरन हलमा २३ डिसेम्बरका दिन दिउसो ४ देखि ८ बजेसम्म हुने कार्यक्रमको प्रवेश शुल्क ३५ पाउण्ड छ ।
यस्तै, दोश्रो कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा आउदो २४ डिसेम्बर आइतबार हुने तय भएको छ ।