April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

फेरि बिना निष्कर्ष टुंगियो भूपू गोर्खाका मुद्धामा भएको त्रिपक्षीय वार्ता

2.3K

लन्डन । भूतपूर्व गोर्खाका मुद्धामा भएको त्रिपक्षीय वार्ता फेरि बिना निष्कर्ष टुंगिएको छ। निर्णायक हुने गरी
बुधबार लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा भएको वार्तामा सहमति जुट्न नसकेपछि फेरि बिना निष्कर्ष टुंगिएको हो ।

भूतपूर्व गोर्खा प्रतिनिधिसमेतको सहभागितामा सम्पन्न बेलायत र नेपालबीचको सरकारस्तरीय वार्तामा दुवै पक्षले आआफ्ना प्रस्ताव राखेका थिए । तर, एक पक्षको प्रस्तावमा अर्को पक्ष स्वीकार नगरेपछि वार्ता टुंगिएको हो ।

वेलफेयरलगायत मुद्धामा बेलायती पक्षले सकारात्मक प्रतिक्रिया नदिएपछि वार्ता पेन्सन मुद्धामा प्रवेश नै नगरेको वार्तामा सहभागी एक प्रतिनिधिले बताए ।

Advertisement

बेलायती रक्षा राज्यमन्त्री एन्ड्रयू मरिसनले अर्को वार्ता मिति छिट्टै दिने र यस एजेण्डामा थप छलफल गर्ने जनाइएको छ ।

वार्तामा नेपाल सरकारका तर्फबाट राजदूत ज्ञानचन्द्र आचार्य र बेलायत सरकारको नेतृत्व रक्षा राज्यमन्त्री मरिसनले गरेका थिए ।

भूतपूर्व गोर्खाहरुको प्रतिनिधित्व गर्दै गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, गेसो उपसभापति धर्म तामाङ र मेजर (रि.) जुदबहादुर गुरुङ सहभागी भएका थिए। साथै नेपाली राजदूतावासकी उप–नियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी सहायक रथी रत्न बहादुर गोदार तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय र अन्तर्गतका अधिकारीहरुको सहभागिता थियो।