लन्डन । किरात याक्थुङ चुम्लुङ यूकेको सबैभन्दा पुरानो ग्रेटर लण्डन शाखा (कियाचु जीएलबी) ले बलिहाङ तङ्नाम २०२३ भव्य रुपमा मनाएको छ । गत ११ नोभेम्बरका दिन सडबरी हिल, लन्डनमा एक भव्य कार्यक्रमको आयोजना गरी बलिहाङ तङ्नाम मनाइएको हो ।
अध्यक्ष देव आङ्बुहाङको अध्यक्षतामा र पूर्वमन्त्री तथा केन्द्रीय कियाचु यूकेका एक संस्थापक विजयप्रकाश थेवेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा अतिथिहरू, जीएलबी मानार्थ सदस्य तथा कियाचु यूकेका केन्द्रीय सल्लाहकार नरकुमारी वनेम र कमला सेन्दाङ रहेका थिए ।
औपचारिक कार्यक्रमको संचालन सचिव विमला लक्समले गरेकी थिइन् भने सांस्कृतिक तथा मनोरञ्जन कार्यक्रम भक्ति आङ्देम्बेले सञ्चालन गरेका थिए।
कार्यक्रममा पदम सम्बाहाङफे, जसराज चेम्जोङ, निश्चल आङबुहाङ, युगल चेम्जोङ, मौसम सुब्बा, अलिशा आङदेम्बे, बिनु लक्सम चेम्जोङ र शर्मिला लिम्बु लगायतले च्याब्रुङ नाच (केलाङ) प्रस्तुत गरेका थिए भने भक्ति आङदेम्बे र दिलकुमारी पन्धाकले ख्याली प्रस्तुत गरेका थिए ।
यस्तै थक्थाम्मा साम्लो (लिम्बु गीत) र मिक्नारा ताजेङ (पालामट्रेक) पनि भक्ति आङदेम्बे र दिलकुमारी पन्धाकले नै प्रस्तुत गरेका थिए ।
त्यसैगरी लारिङ्गे-नाम्लिङ्गे र हाकपारे साम्लो पदम सम्बाहाङफेले प्रस्तुत गरेका थिए भने तुरुप्पेनाच
भक्ति आङदेम्बे, दिलकुमारीपन्धाक, पुर्णमाया कुरुम्बाङ, जिता पाङमा, जसराज चेम्जोङ र पदम योङहाङले प्रस्तुत गरेका थिए । यस्तै, धाननाच भक्ति आङदेम्बे, दिलकुमारी पन्धाक, जिता पाङमा, पुर्णमाया कुरुम्बाङ्, जसराज चेम्जोङ, सिता थोप्रा, बुद्धमति थोप्रा, प्रेमधलाव सुहाङ/फर्मिना खापुङ, रीना सुब्बा, किशोर आङदेम्बे र राजेन्द्र नाल्बोले प्रस्तुत गरेका थिए ।
लाम्बाउङमा (लम्बातान्ने) मा भने धनमाया पन्धाक,पुर्णमाया कुरुम्बाङ, भक्ति आङदेम्बे, दिलकुमारी पन्धाक, जसराज चेम्जोङ, जिता पाङमा, सीता थोप्रा र नरमाया माङदेनले प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि थेबेले कियाचु यूकेका वर्षको उत्कृष्ट कलाकार (आर्टिस्ट अफ द इयर) भक्ति आङ्देम्बेलाई बधाई दिएका थिए । कार्यक्रममा गत मे महिनाको धान नाच प्रतियोगिताका विजेता जीएलबी टिमका जसराज चेम्जोङ र अन्य कलाकार हरुलाई बधाई ज्ञापन गरिएको थियो।